Admission Open

नेप्से २.५७ अंकले घट्यो : कारोबार १ अर्ब ५ कारोड

काठमाडौँ, २२ कात्तिक : आइतबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार  पनि सामान्य अंकको गिरावट आएको छ ।  मंगलबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) २.५७ अंकले घटेको छ ।  आज  नेप्से परिसूचक २.५७ अंक घटेर १९५६.३६ विन्दुमा झरेको छ ।

आज २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ सेयर किनबेच हुँदा १ अर्ब ५ कारोड ३१ लाख बराबरको कारोबार भएको थियो । सोमबार २ अर्ब १० करोड रुपैयाँको कारोबार भएको थियो ।

५८ कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ ३, विकास बैंक ७, होटल ३, जलविद्युत् १२, उत्पादन ३६, माइक्रोफाइनान्स २७ अंकले घटे ।

निर्जीवन बीमा २३, अन्य १४, फाइनान्स ४ र जीवन बीमा उपसमूह ९३ अंक बढे ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सिटिजन्स बैंक, जल्पा लघुवित्त, रिडी पावर र पुनर्बीमा कम्पनी अग्रस्थानमा रहे भनेलाइफ इन्स्योरेन्स कर्पोरेसन र गुराँस लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । कालिका लघुवित्तको ५.७ प्रतिशत घट्यो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...