Admission Open

साताको पहिलो कारोबार दिन आज सेयर बजारमा हरियाली स् नेप्से ४३।२० अंकले बढ्यो, कारोबार १ अर्ब ५४ करोड

काठमाडौँ २० कात्तिक : साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक ९नेप्से० मा हरियाली छाएको छ । नेप्से आइतबार ४३ दशमलव २० अंकले बढेर एक हजार नौ सय ६५ दशमलव ३६ विन्दुमा पुगेको छ । बजार बढेसँगै आज कारोबार रकममा पनि सुधार आएको छ।

दुई सय २८ वटा कम्पनीको ३९ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड ८० लाख कारोबार भएको छ। आज सबैभन्दा धेरै नेस्डो लघुवित्त कम्पनीको १० करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको सेयर बढेर बजारमा हरियाली छ। आज लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको सेयर उच्च अंकले बढेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...