Admission Open

‘अध्यक्षसँग अनेसासका कुरा’ नयाँ कार्यक्रम शुरू

काठमाडौँ समाचारदाता : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शुक्रवार साँझदेखि मासिक नयाँ कार्यक्रम शुरू गरेको छ । ‘ अध्यक्षसँग अनेसासका कुरा’ नाम दिइएको उक्त कार्यक्रमको पहिलो अंकमा अष्ट्रेलिया महादेशमा रहेका अनेसासका पाँचवटा च्याप्टर प्रतिनिधिले सहभागिता जनाएका छन् । केन्द्रीय कार्यसमितिको परिकल्पनामा अध्यक्ष गोवर्द्धन पूजाद्वारा सञ्चालित यसपटकको कार्यक्रमलाई उपाध्यक्ष महेश्वर शर्माले संयोजन गरेका थिए ।  केन्द्रीय कार्यसमितिको कार्यक्रम र गतिविधि जानकारी गर्ने तथा च्याप्टरसँग प्रत्यक्ष कुराकानी गर्ने उदेश्यले कार्यक्रम तर्जुमा गरिएको जानकारी गराउदै अनेसास महासचिव विमला निरौलाले अनेसासको चौमासिक प्रतिवेदन प्रस्तुत गरिन ।

कार्यक्रममा अनेसास वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले अनेसासको आजिवन सदस्यताको लागि आह्वानगर्दै अनेसासमा वौद्धिक व्यक्तित्वको संलग्नतालाई स्वागत गर्न अनेसास प्राज्ञिक समिति गठन गरिएको जानकारी गराए ।

उपाध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यक्रमबारे बोल्दै अमेरिकामा आफ्नो सक्रिएतामा गरिदै आएको उत्तर अमेरिकी च्याप्टरहरुको गतिविधि माथि प्रकाश पारे ।
अनेसास केन्द्रीय कार्यसमितिले आफ्नो सातौँ बैठकबाट निर्णय गरेको प्राज्ञिक समितिमा विभिन्न देशबाट २५ जना व्यक्तित्वहरू रहेका छन् ।

समितिमा डा. मणि पनेरु (पर्थ अस्ट्रेलिया), विनोद रोका (अमेरिका), लतिका जोशी( सिलगुडी), सुरेन उप्रेती ( क्यानडा), डा. गोविन्द सिह रावत (क्यानडा) , उमेश कोइराला(अमेरिका), सुष्मा ओमाता ( जापान),डा. काशीराज पाण्डे( अष्ट्रेलिया), विधान आचार्य (नेपाल),
विमल गिरी ( बेल्जियम), राजेन्द्रप्रसाद  अर्याल ( अमेरिका), तीर्थ संगम राई( कतार), प्राडा रामप्रसाद दाहाल (नेपाल), ज्ञानु अधिकारी( नेपाल), कृष्ण भण्डारी मुमुक्ष (नेपाल), हरिबहादुर थापा( न्यूयोर्क), श्रीओम रोदन ( नेपाल), हिक्मत थापा (अफ्रिका), दिनार रनादी( अमेरिका) प्रमिला शर्मा (अमेरिका), सुरेश भट्ट( अमेरिका),नेत्रवन्धु पोखरेल(अमेरिका), दिनेशराज ज्ञवाली (जापान), हरि घिमिरे(अमेरिका) र
डा. टीका लम्साल (अमेरिका) रहेका छन् ।

कार्यक्रममा डा. केशव शर्मा, डा. प्रकाश पौडेल, प्रकाश पन्थी, सुविन खरेल, अस्मिका श्रेष्ठ,  रिजा प्रधानलगायतले अष्ट्रेलिया महादेशको नेपाली साहित्यिक गतिविधिमाथि प्रकाश पारेका थिए ।
केन्द्रीय सदस्य साहित्यकार सरिता अर्यालद्वारा कार्यक्रमको सान्दर्भिकता र आवश्यकताको बारेमा बोल्दै सबैलाई औपचारिक रुपमा धन्यवाद ज्ञापन गरिएको कार्यक्रममा  मदनराज थापाले पनि शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...