Admission Open

भायानेट कम्युनिकेसनले आईपिओ सार्वजनिक गर्दै

काठमाडौं : नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेशन प्रा.लि. ले चाँडै आईपिओ सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले जुलाई १७, २०२२ को नयाँ आर्थिक वर्षको सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो। सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ।

सन् २०११ मा भायानेटले पहिलोपटक फाइबर-टू-द-होम (FTTH) भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गर्न मद्दत गर्यो। सुस्त गतिको इन्टरनेटबाट आजित ग्राहकहरूका लागि कम्पनीले डेडिकेटेड र द्रुत गतिको इन्टरनेट प्रदान गरेर व्यक्ति तथा संस्थाहरूका लागि विभिन्न अवसरहरू खोलेको थियो।

त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आईपीटीभी सेवाहरू मध्य एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनायो। आईपीटीभी सेवाको सुरुवातले मुख्यतया केबल टेलिभिजनको प्रभुत्व रहेको समयमा ग्राहकलाई आधुनिक र उत्कृष्ट विकल्प प्रदान गर्‍यो। भायाटिभीले पज एन्ड प्ले, भिडियो अन डिमान्ड, क्याच-अप टिभी जस्ता सुविधा तथा सेवाहरूमार्फत नेपाली टेलीभिजनका ग्राहकहरूको मन जित्न सफल भएको छ ।

कम्पनीले नेपालमा रहेका आफ्ना सबै ग्राहकहरूलाई सर्वोत्तम मूल्यमा उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न आफ्ना सेवाहरूलाई निरन्तररूपमा अपग्रेड गर्दै आएको छ। उपत्यका र सहर क्षेत्रमा बलियोरुपमा स्थापित भई सकेको कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ।

भायानेट आजको दिनमा देशका ३० सहरमा विस्तारित भइसकेको छ। आगामी दिनहरूमा कम्पनीले अझ धेरै सहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने विश्वास लिएको छ। नेपालमा अग्रणी इन्टरनेट र आईपीटीभी सेवा प्रदायकको रूपमा कम्पनीले व्यक्तिगत र व्यावसायिक उपयोगका लागि विभिन्न डिजिटल सेवाहरू प्रदान गर्दै आएको छ।

टिप्पणिहरु
Loading...