Admission Open

कार्तिक २ र ३ गते बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं, २ कार्तिक : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार सरकारले आज २ गते र भोलि ३ गते देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ ।

६ महिनादेखि पाँचवर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...