Admission Open

‘कारवाही आफैंमा पनि सचेतना हो’ : मीरा चौधरी, प्रहरी नायव महानिरीक्षक

काठमाडौँ : संख्यात्मक हिसाबमा हेर्ने हो भने सडकमा फोर ह्व्लिरर्सभन्दा टु ह्व्लिर्स सवारी साधन नै धेरै चल्छन् । दुर्घटनाको हिसावले १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै दुर्घटनामा पर्छन् । हामीले दुर्घटना कम गर्नका लागि रिफोर्समेन्ट र चेक जाँचको काम गरिरहेका छौं । सवारी साधनको अवस्था के कस्तो छ भनेर यान्त्रिक परीक्षण गर्छौं । काठमाडौंबाट हेटौंडा विरगञ्ज चल्ने गाडीहरु र भक्तपुरको जगतेमा पूर्वतिर जाने तथा र्यान्डम्ली चेक गरेका छौं । चेकजाँच गरेपछि सवारी साधनको अवस्था हेर्दा धेरैमा सुधारको आवश्यकता देखिन्छ ।

ड्रिङ्क एण्ड ड्राइभलाई रोक्ने भनेर २०६८ बाट परीक्षण सुरु भएको हो । त्यसलाई निरन्तरता दिनुका साथै लागु पदार्थ सेवनगरी सवारी सञ्चालन गरेका छन् वा छैनन् भनेर नियमित रुपमा चेक गरिरहेका छौं । स्कुल, कलेजका विद्यार्थी तथा समुदायस्तरमा सहकार्य गरेर कार्यक्रम गर्दैछौं । सूचना र सचेतनाको हिसाबले हेर्ने हो भने इन्फोर्समेन्ट पनि आफैमा सचेतना हो ।

मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन ब्रेक गरेको र  ट्राफिक बत्ती पालना नगरेकालाई सचेतना कक्षा दिन्छौं । सचेतना कक्षा र दैनिक हाम्रो इन्फोर्समेन्टको कुरा गर्ने हो भने दैनिक २ हजार ५ सयदेखि ४ हजारसम्मलाई कारवाही गरिरहेका हुन्छौं । कारवाही आफैंमा पनि सचेतना हो । मैले यो गर्नु हुँदैन भनेर चालक आफैले पनि सोच्नुपर्छ । यो जिम्मेवारी ट्राफिक प्रहरीको मात्र नभई प्रत्येक व्यक्तिको जिम्मेवारी हो ।

पैदलयात्रीले पनि जता मन लाग्छ उतैबाट बाटो काटिरहेको पाइन्छ । पैदलयात्रीले आकाशे पुलबाट बाटो काट्नुपर्नेमा सडकबाट सिधैंबाटो काट्ने गरेका छन् । हामीले पैदल यात्रीलाई पनि ट्राफिक नियम पालना गर्न भनिरहेका छौं र सचेत गराउछौं ।

पानी बोक्ने ट्याङकरले पानी चुहाएर बाटो बिग्रियो भनेर सडक विभागबाट हामीलाई पत्र आएको थियो । हामीले अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याएका छौं । सुरक्षित सवारी आवागमन होस् भन्ने नै हाम्रो उद्देश्य हो । सचेतनाका हिसाबमा पनि हामीले विभिन्न काम गरिरहेका छौं । कुनै एक संस्थामात्र लागेर काम गरेर हुँदैन । यसमा सबैको सहभागिता आवश्यक हुन्छ । सवारी चालक, पैदल यात्री सबै सचेत हुनुपर्छ ।

सार्वजनिक सवारीका हकमा हामीले ढोका खुला राखेर चलाएमा पनि कारवाही गर्छौं । यस विषयमा हामीले सम्वन्धित निकायसँग पनि छलफल गरेका छौं । जुन हिसाबले कारवाही गरिएको संख्या देखिन्छ त्यो हेर्दा कोहीपनि जिम्मेवार नभएको देखिन्छ । हामीले सबैबाट सहयोगको अपेक्षा गरेका छौं ।

जथाभावी पेटी तथा बाटोमा गाडी पार्किङ गरिरहेको पाउँछौं । पार्किङलाई व्यवस्थित गर्न सक्यौं भने बाटो पनि खुला हुन्छ । सवारी साधन संचालन तथा पैदल यात्रीलाई पनि सहज हुन्छ । हामीले सोही अनुसार काम पनि गरिरहेका छौं । बेसमेन्टहरु पार्किङका लागि प्रयोगमा आइनसकेको अवस्था छ । बेसमेन्टलाई पार्किङको रुपमा प्रयोग गर्नुपर्ने अभियानमा छौं । बानेश्वरबाट हामी यसको शुरुवात गर्छौं । पार्किङलाई व्यवस्थित गरियो भने खुला ठाँउको प्रयोग पनि गर्न सकिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...