Admission Open

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मार्फत स्मार्ट क्यूआर भुक्तानी गर्न सकिने

काठमाडौं : अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मार्फत स्मार्ट क्यूआर भुक्तानी लिने मर्चेन्टहरुलाई गर्न सकिने भएको छ ।

बैंकका ग्राहकहरुले  आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको हो ।

मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्युआर भुक्तानी गर्ने विकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।साथै बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ बैंकको एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर्ड गरेर सजिलै भुक्तानी गर्न सक्ने छन् ।

यो सुबिधा सुरु भएसँगै बैंकको मोबाइल बैंकिङ्ग सेवामा नयाँ आयाम थपिएको बैंकले जनाएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ता रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...