Admission Open

पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वल्ड नेपालको उपाधि

काठमाडौँ : ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन् । फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगिताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन् । पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप–शिर्षकसमेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइससमेत बनिन् ।

प्रतियोगितामा मिस्टरतर्फ सुजल संग्रौला फष्ट रनरअप र सुरज रसाइली सेकेन्ड रनरअप बन्दा मिस तर्फ दीक्षा उपाध्याय फष्ट रनर अप र बिदिसा श्रेष्ठले थड रनरअपको उपाधि हात पारिन् ।

१६ देखि २१ वर्षसम्मका एसईई तथा प्सल टु परीक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्दत पु¥याउने उदेश्यले आयोजित प्रतियोगिताको निर्णायकमा पुर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, पूजा गिरी, दीपक घिमिरे, दिब्या प्रभा झा थिए ।

प्रतियोगीताका शिर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजबाट अध्यानका लागि सतप्रतिसत छात्रवृति, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गरेका छन् ।

त्यस्तै फस्र्ट रनरअप तथा सेकेण्ड रनरअपले व्रिटिस कलेजबाट पचास प्रतिसत छात्रवति तथा सहभागीले पहिलो वर्ष अध्यायनका लागि पचिस प्रतिशत छात्रबृत्ति प्राप्त गर्नेछन् ।

‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ युवायुवतीको विकासमा ठूलो मद्दत पु¥याउने अपेक्षासहित आफुले प्रतियोगिता आयोजना गरिएको फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्रि डाईरेक्टर साहिल खानले बताए ।

टिप्पणिहरु
Loading...