पोखरा : पोखरामा सन् १९९४ मा स्थापना भएको यस बेबील्याण्डको हाल चिप्लेढुंगा तथा न्यूरोड पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बालाजु, काठमांडौमा बेबील्याण्ड अनलाईन शपिङ संचालनमा छ ।
यसपालीको दसै चाड फरक र उल्लासमय वातावरणमा परिवार तथा इष्टमित्रहरु संग मनाउने वातावरण बनोस र देशमा रहेका सम्पुर्ण बालबालिकाहरु खुशीले रमाउन् भन्ने उद्देश्यले अफर ल्याइएको जनाइएको छ । बेबील्याण्डले दशैं शपिङ कारनिभल २०७९, ‘बेबील्याण्ड जाऔं हिरो स्कुटर ल्याऔ’ योजना अघि सारेको हो ।
जुन योजना अन्तर्गत प्रथम पुरस्कार Hero Scooter Pleasure± Platinum एक जनालाई, दोस्रो पुरस्कार MI 43” TV HORIZON एक जनालाई, तेस्रो पुरस्कार LG MICROWAVE OVEN 20L एक जनालाई, साथै सान्त्वना पुरस्कार स्वरुप रु. २ हजारको सपिङ भौचर २० जनालाई प्रदान गरिनेछ । कात्तिक ५ गते धनतेरसको दिनमा विषेश अफर स्वरुप २० हजारको सपिङमा १० ग्रामको चांदीको सिक्का उपहार प्रदान गरिनेछ । यस योजनाले हाम्रा २८ वर्षदेखि पुराना तथा नयाँ ग्राहकहरुमा खुशी, उमंग तथा सपिङमा उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।
गत भदौ १५ गते सुरु भएको यो योजना कात्तिक १४ गतेसम्म सञ्चालन हुने सञ्चालक प्रदीपमान प्रदीप बज्राचार्यले जानकारी दिए । ‘यस योजनामा सहभागी हुन ग्राहकलाई १ हजारभन्दा माथिको शपिङमा एक वटा कुपन प्रदान गरिनेछ,’ उनले भने । योजनाको नतिजा छठ पर्वपछि कात्तिक १५ गते मंगलबार गोलाप्रथाद्वारा सार्वजनिक गरिनेछ ।
यो योजना अवधीभर ग्राहकलाई लुगा जुत्ता खेलौना लगायतका सामानहरुमा १२ प्रतिशत विषेश छुटको अफर प्रदान गरिएको छ । बच्चाका सामानहरुमा सधैं उच्च गुणस्तर, प्रत्येक पटक नयाँ प्रडक्ट, बिक्रीपछिको सेवाका कारण ग्राहकहरुको संधै पहिलो रोजाईमा परेको यस नेपालकै पहिलो बेबील्याण्डमा Clothing, Footwear, Babycare, Nursery & Furniture, Toys and Maternity Product सुपथ मूल्यमा पाइनुका साथै रोजी रोजी किनमेल गर्न सकिने ब्यबस्था पनि गरिएको उनले जानकारी दिए । बेबील्याण्डमा बिहान ९ बजेदेखि ११ बजेसम्मको समयमा बेबी केयरका सामान खरीद गरेमा ५ प्रतिशत छुट प्रदान गर्ने गरी ह्याप्पी आवरसमेत सञ्चालन गरिएको छ । बेबील्याण्ड नेपालको पहिलो बेबी ब्राण्ड ट्रेडमार्क रजिष्टर्ड कम्पनी हो ।