Admission Open

नेकपा एमालेले आज समानुपातिक उम्मेदवार टुंग्याउने

काठमाडौँ, २ असोज : आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि आज नेकपा एमालेले समानुपातिक उम्मेदवार टुंग्याउने नेकपा एमालेको सचिवालयले जनाएको छ । उक्त कार्यका लागि नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिका अनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुंग्याइने बताए । संघीयतर्फ १ सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनु पर्ने सचिवालयले जनाएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको रहेकोछ ।
समानुपातिक निर्वाचन प्रणालीबाट ११० निर्वाचित हुनेछन् भने प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...