Admission Open

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै, संभवतः यो प्रतिनिधि सभाको अन्तिम बैठक


काठमाडौं, १ असोज :  यो प्रतिनिधि सभाको कार्यकाल आजै राति १२ बजेदेखि सकिँदै छ । वि. सं २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज दिउँसो १ बजे बस्ने बैठक भएको हो ।

आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची अनुसार सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल
गरिने कार्यसूची रहेको र सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचि रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतम जानकारी दिएका छन् ।
२०७४ देखिको यो प्रतिनिधि सभाको धेरैजसो समय कोरोना कहरमै बित्यो । पाँचवर्षे कार्यकालमा दूईपटक त संसद विघटन नै भयो । उक्त प्रतिनिधि सभाको पाँचवर्षे कार्यकालमा ३ जना प्रधानमन्त्री र १ सय २२ जना मन्त्री भए ।
२०७४ को आम चुनावमा अनेक साँठगाँठ भए । के पि शर्मा ओलीले नेतृत्व गरेको नेकपाले झण्डै दुईतिहाई बहुमत ल्यायो र ओलीकै नेतृत्वमा सरकार गठन भयो तर दुर्भाग्य आफ्नै पाटीको किचलो मिलाउन नसक्दा ओली नेतृत्वको सरकार २०७७ पुस ५ गते विघटन भयो ।
सरकार विघटन विरुद्ध परेको मुद्धामा सर्वोच्ले २०७७ फागुन ११ गते पुनस्र्थापनाको आदेश जारी गर्यो । त्यसपछि २०७८ जेठ ८ गते पुनः प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको हैसियतले ओलीनै प्रधानमन्त्री भए । मन्त्रीपरिषद विस्तार पनि भयो तर दुई महिना नपुग्दै सर्वोच्च अदालतले २०७८ असार २८ गते सरकार विघटन र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशनै जारी गर्यो । त्यही परमादेशको सरकार अहिलेसम्म छ ।

आजबस्ने प्रतिनिधि सभाको वैठक संभवतः अन्तिम बैठक हो ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...