Admission Open

ad place

रेनोले ल्यायो दसैंं-तिहार लक्षित ‘रेनो उत्सव’ योजना

काठमाडौं : रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटो मोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारासहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ ।

यो योजनाअनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनसलगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् ।

यसको साथै रेनो उत्सवअन्तर्गत उपभोक्ताहरुले स्योर शट इजि फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्नेछन् ।नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्देश्यका साथ अफरहरु ल्याइएको कम्पनीले जनाएको छ ।

यो अफरसंगै नेपाली उपभोक्ताहरुले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । नेपाली ग्राहकहरुको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विडलगायत अन्य भेरियन्ट्का गाडीहरु नेपाली बजारमा उपलब्ध छन् । यस योजनामा कम्पनीको नियम तथा शर्तहरु लागु हुनेछन् ।

टिप्पणिहरु
Loading...