Admission Open

नेपालमा थप १६३ जनामा कोरोना सङ्क्रमण : १३० जना संक्रमणमूक्त, मृत्यु शुन्य

काठमाडौं, २५ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार नेपालमा पछिल्लो २४ घण्टामा १६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा २ हजार २८ जनाको एन्टीजेन परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी सो अवधिमा १३० जना सङ्क्रमण मुक्त भएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै सङ्क्रमण मुक्त हुने दर ९८.६ प्रतिशत रहेको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य छ भने हाल २ हजार ४३० जना सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...