Admission Open

अति गुणकारी तरकारी तीते करेला

तीते करेला, धैरेललाई मन नपर्न सक्छन तर यसको लत बसेकाहरुलाई भने तिते करेला नशाजस्तै हुन्छ।

एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण करेलामा भिटामिन-ए, भिटामिन-बी१, भिटामिन-बी२, भिटामिन-सी, फाइबर, क्याल्सियम, पोटासियम, जिङ्क, फलाम, कपर तथा फोस्फोरस हुन्छ, जस्ले स्वास्थ्यलाई फाइदै फाइदा पुर्याउँछ।

नियमित करेला खानाले दम, रुघाखोकी, मधुमेह र कब्जियतजस्ता समस्या न्युनकरणमा ठूलो भूमिका खेल्छ। यसको सेवनले डण्डिफोर, दाद लगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता र मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ।

टिप्पणिहरु
Loading...