Admission Open

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट, १२ हजार ३४० जना भाग्यमानी

काठमाडौं : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल कम्पनीको कार्यालय कमलादी काठमाडौंमा आइपीओ बाँडफाँट भएको हो ।

यसमा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १२ हजार ३४० जनाले मात्र सेयर हात पारेका छन् ।

क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेको थियो । ति मध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य रहेको र कुल १७ लाख ८३ हजार ७४ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट १२ हजार ३ सय ४० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक हने हात खाली भएका छन् ।

खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । योमध्ये ५५ अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५५ अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...