Admission Open

अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने दुई भारतीय नागरिक पक्राउ

काठमाडौं  : नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइवर ब्यूरो भोटाहिटिको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत साथी बनाइ महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ वर्षीय जेम्स तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमार्फत साथी बनाइ विभिन्न लोभलालच देखाइ पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमार्फत प्रशारण गरिदिने भनी मानसिक यातना र दुःख हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच/पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...