Admission Open

ad place

ब्रोकर लाइसेन्ससम्बन्धी प्रस्ताव पारित गर्न लगानीकर्ताको ध्यानाकर्षण

काठमाडौँ, १४ भदौ : धितोपत्र बोर्डले प्रस्ताव गरेको ब्रोकर लाइसेन्ससम्बन्धी नीतिगत प्रस्तावलाई असफल बनाउन लागिएको भन्दै सेयर लगानीकर्ता एकता समिति नेप्सेको कार्यालयमा पुगेको छ ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको र यसलाई असफल बनाउन केही मन्त्री नै लागिपरेको उनीहरुको आरोप छ । यस विषयमा ध्यानाकर्षण गराउन लगानीकर्ता नेप्से कार्यालय पुगेका हुन् ।

बिहिबारसम्म धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत भई कार्यान्यनमा नआए सरकार  राजनीतिक दलविरुद्ध आन्दोलनमा उत्रिने लगानीकर्ताको चेतावनी छ ।

यसबारे आज नै लगानीकर्ताले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउने कार्यक्रम छ ।(न्यूज कारखाना)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...