Admission Open

ad place

राष्ट्रिय सङ्गीतकर्मी संघले गर्यो युवा व्यवसायी राजलाई सम्मान

काठमाडौं : युवा व्यवसायी राज कार्कीले सम्मान प्राप्त गरेका छन् । राष्ट्रिय सङ्गीतकर्मी संघले तिजको दर खाने तथा साँस्कृतिक कार्यक्रमको अवसरमा कार्कीलाई सम्मान गरेको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले कार्कीलाई सम्मान प्रदान गरेकी हुन् ।

बागबजारमा सुट माला र नरदेवीमा श्रीराज कलेक्सन सञ्चालन गरिरहेका कार्की व्यावसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय छन् ।

संघका अध्यक्ष बिक्रम जंग शाहको अध्यक्षतामा तथा कार्यक्रम संयोजक उमा श्रेष्ठको संयोजकत्वमा कार्यक्रम भएको हो ।

सम्मानले सामाजिक तथा व्यावसायिक क्षेत्रमा अझै बढी सक्रिय हुन प्रोत्साहन मिलेको कार्कीले बताए ।

टिप्पणिहरु
Loading...