Admission Open

नेपाललाई विश्वमा चिनाएका राजकुमार अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर बेलायतमा

काठमाडौं : चर्चित खेलाडी राजकुमार राईद्वारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ ।

निमार्ण पक्षले दिएको जानकारी अनुसार २७ अगष्टमा बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेकोे हो । चलचित्रको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ ।
त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस चलचित्रको प्रदर्शन गरिनेसमेत निर्माण समूहले जानकारी दिएको छ । नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ ।

नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ ।

युवराज राई (वीरबहादुर) द्धारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मी संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ । विजया राईको प्रस्तुती रहेको चलचित्रको प्रिमियरका लागि दर्शकलाई २० पाउण्ड टिकटदर राखिएको छ ।

संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ । चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुले अभिनय गरेका छन् ।

को हुन् राजकुमार राई ?

यस चलचित्र चलचित्र ‘सोल अफ द कमाण्डो’का अभिनेता राजकुमार राई एक अभिनेता मात्र होइनन् । उनी कुशल खेलाडीका साथै ब्रिटिस सेनाका वास्तविक कमाण्डरसमेत हुन् । नेपालमा २०५६ सालमा नेपालमा आयोजित आठौं साफ गेममा उनले नेपाललाई तेक्वान्दोमा स्वर्ण पदक जिताएका चर्चित खेलाडीसमेत उनी हुन् ।
ग्राण्ड मास्टर सातौं डन रहेका उनी सन् १९८४ मा कोरियामा आयोजित दशौं एशियन खेलमा कांस्य पदक विजेतासमेत हुन् । उनी नेपाल सरकारबाट गोरखा दक्षिण बाहु पाँचौं पदक र तेश्रो पदक सम्मानबाट विभुषित व्यक्तित्व हुन् ।
शारीरिक सुगठनका लोभ लाग्दा बडि विल्डर रहेका उनी यस विधाकासमेत विजेता हुन् ।
कुशल लेखकका रुपमा समेत आफ्नो परिचय स्थापित गरेका उनी अभिनेता, खेलाडी तथा चलचित्रका निर्मातासमेत हुन् ।
नेपालमा आठौं साफ गेमको रापताप रहेका बेला प्रदर्शनमा आएको उनी अभिनित चलचित्र द कमाण्डो चर्चित बनेको थियो । उक्त चलचित्रले मनोरञ्जनमूलक चलचित्रमा पनि खेलाडीहरुको विषयलाई दर्शकहरुले रुचाउछन् भन्ने नजिर स्थापित गरेको थियो ।
हाल सोही चलचित्रको सिक्वेलका रुपमा चलचित्र ‘सोल अफ द कमाण्डो’ निर्माण गरिएको हो । यस चलचित्रले पनि विगतको विरासतलाई अझ ओझिलो बनाउनेमा निर्माण समूह ढुक्क देखिएको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...