Admission Open

हालसम्म मदन पुरस्कार प्राप्त कृतिहरू र २०७८ का लागि सार्वजनिक उत्कृष्ट आठ पुस्तक

काठमाडौँ : मदन पुरस्कार २०७८ का लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भईसकेका छन् ।

मदन पुरस्कार गुठीको निर्णायक समितिले सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।

डा‌‍. नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।

२०१३ सालदेखि हालसम्म मदन पु्स्कार पाएका कृति र स्रष्ठाहरु निम्नानुसार छन् ।

वि.सं. २०७७ लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह
वि.सं. २०७६ महारानी – चन्द्रप्रकाश बानियाँ
वि.सं. २०७५ रणहार – योगेश राज
वि.सं. २०७४ योगमाया – नीलम कार्की “निहारिका”
वि.सं. २०७३ धृतराष्ट्र – घनश्याम कँडेल
वि.सं. २०७२ ऐना – रामलाल जोशी
वि सं. २०७१ खुसी – विजय कुमार पाण्डे
वि.सं. २०७० खलङ्गामा हमला एउटी नर्सको डायरी राधा पौडेल
वि.सं. २०६९ दमिनी भीर – राजन मुकारुङ
वि.सं. २०६८ सेतो धरती – अमर न्यौपाने
वि.सं. २०६७ जीवन काँडा कि फूल – झमक घिमिरे
वि.सं. २०६६ नेपालका बालीनाली र तिनको दिगो खेती -नरबहादुर साउद
वि.सं. २०६५ एक हातको ताली – युवराज नयाँघरे
वि.सं. २०६४ अन्तर्मनको यात्रा – जगदीश घिमिरे
वि.सं. २०६३ छापामारको छोरो – महेशविक्रम शाह
वि.सं. २०६२ राधा – कृष्ण धारावासी
वि.सं. २०६१ पल्पसा क्याफे – नारायण वाग्ले
वि.सं. २०६० नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली (कवि)
वि.सं. २०५८ अभिनव संस्कृति कोष – हरिराम जोशी
वि.सं. २०५७ नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५६ अतिरिक्त अभिलेख – दिनेश अधिकारी
वि.सं. २०५५ दु खान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५४ विसर्जन – लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३ नेपाली राष्ट्रिय झण्डा – डा. दयाराम श्रेष्ठ
वि.सं. २०५२ योजनगन्धा – विनोदप्रसाद धिताल
वि.सं. २०५१ सही शब्द – फादर विलियम बर्क हेलिङ्गयाक्स
वि.सं. २०५० माध्यमिक नेपाली गद्याख्यान – शरद्चन्द्र शर्मा भट्टराई
वि.सं. २०४९ पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) डा. भवेश्वर पंगेनी
वि.सं. २०४८ पागल बस्ती- सरुभक्त
वि.सं. २०४७ मृत्युञ्जय महाकाव्य – भानुभक्त पोखरेल
वि.सं. २०४६ नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका – डा. राजेश गौतम
वि.सं. २०४५ ज्योति ज्योति महाज्योति – दौलत विक्रम विष्ट
वि.सं. २०४४ उत्सर्ग प्रेम – राजेश्वर देवकोटा
वि.सं. २०४३ लिच्छवि संवत्‌को निर्णय – नयराज पन्त
वि.सं. २०४२ वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा
वि.सं. २०४१ प्रत्यागमन – कन्चन पुडासैनी
वि.सं. २०४० अलिखित – डा. ध्रुवचन्द्र गौतम
वि.सं. २०३९ माधवी – मदनमणि दीक्षित
वि.सं. २०३८ नदी किनाराका माझी – मोहन कोइराला
वि.सं. २०३७ नरसिंह अवतार – जगदीश शमशेर राणा
वि.सं. २०३६ नेपालका परम्परागत प्रविधि – डा. छविलाल गजुरेल, करुणाकर वैद्य
वि.सं. २०३५ घामका पाइलाहरू – ध. च. गोतामे
वि.सं. २०३४ लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन – डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२ आगत – भवानी भिक्षु
वि.सं. २०३० लिच्छविकालका अभिलेख – धनवज्र वज्राचार्य
वि.सं. २०२९ आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् – ईश्वरबल्लभ
वि.सं. २०२८ कर्णाली लोक संस्कृति – प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजंगबहादुर सिंह. सत्यमोहन जोशी
वि.सं. २०२७ नेपाली निर्वाचनको रूपरेखा – महानन्द सापकोटा
वि.सं. २०२६ बेलाइततिर बरालिँदा – तारानाथ शर्मा
वि.सं. २०२५ मङ्गली कुसुम – धर्मराज थापा
वि.सं. २०२५ टिपन टापन – पारसमणि प्रधान
वि.सं. २०२४ नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास – ग्रीष्मबहादुर देवकोटा
वि.सं. २०२४ एब्स्ट्रयाक्ट चिन्तन: प्याज – शङ्कर लामिछाने
वि.सं. २०२३ मानव – मोदनाथ प्रश्रित
वि.सं. २०२३ स्रष्टा र साहित्य – उत्तम कुँवर
वि.सं. २०२२ शिरीषको फूल – पारिजात
वि.सं. २०२१ वस्त्र निर्माणकला – लक्ष्मीबहादुर श्रेष्ठ
वि.सं. २०२१ प्राचीन हिन्दू अर्थशास्त्र – नवराज चालिसे
वि.सं. २०२१ प्राकृत पोखरा – मुकुन्दशरण उपाध्याय
वि.सं. २०२१ नेपाली भाषा र साहित्य – बालकृष्ण पोखरेल
वि.सं. २०२० जोसमनी सन्त परम्परा र साहित्य – जनकलाल शर्मा
वि.सं. २०२० नैषधीय चरित – कोमलनाथ अधिकारी
वि.सं. २०१९ आमाको सपना – गोपालप्रसाद रिमाल
वि.सं. २०१८ नयाँ सडकको गीत – रमेश विकल
वि.सं. २०१७ विस्फोट – भीमनिधि तिवारी
वि.सं. २०१७ नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन जोशी
वि.सं. २०१६ महाकवि देवकोटा – नित्यराज पाण्डे
वि.सं. २०१५ उद्यान – गंगाविक्रम सिजापति
वि.सं. २०१५ कवि व्यथित र काव्यसाधना – कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४ मृत्तिका – उद्योग करुणाकर वैद्य
वि.सं. २०१४ मन – लीलाध्वज थापा
वि.सं. २०१३ अधिकविभव स्थिरविद्युत् उत्पादक – बलराम जोशी
वि.सं. २०१३ जनरल भीमसेन थापा र तत्कालीन नेपाल – चित्तरञ्जन नेपाली
वि.सं. २०१३ हाम्रो लोक संस्कृति – सत्यमोहन जोशी
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...