Admission Open

नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाको सभापतिमा श्याम डोटेल निर्वाचित

काठमाडौं : शनिबार सम्पन्न नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाको ४२औँ अधिवेशनमा डोटेलले निकटतम् प्रतिस्पर्धी लबराज श्रेष्ठभन्दा दोब्बरबढी मत प्राप्त गर्नुभएको थियो । उहाँले ६९ मत प्राप्त गरी सो पदमा निर्वाचित हुनुभएको हो । यसअघि डोटेल काठमाडौँ जिल्ला शाखाको मन्त्री हुनुहुन्थ्यो ।

यसैगरी शाखाको उपसभापतिमा विष्णुमान मानन्धर र अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा सुनिलकुमार श्रेष्ठ, उपकोषाध्यक्षमा नवराज भण्डारी निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यमा पुष्कर चालिसे, श्यामलाल तण्डुकार, अमृतनारायण मानन्धर, विदुर भट्टराई, राजेन्द्र बाँनिया, लक्ष्मीप्रसाद कुइँकेल, राजेन्द्रप्रसाद श्रेष्ठ, प्रतिक्षा खरेल, मञ्जु पाण्डे र सब्बरानी महर्जन चयन हुनुभएको छ ।निर्वाचनमा जिल्ला शाखाअन्तर्गतका १८ उपशाखामध्ये १७ ले नवनिर्वाचित कार्यसमितिमा प्रतिनिधित्व गरेका छन् ।

नवनिर्वाचित शाखा सभापति डोटेलले भन्नुभयो, “हामी रेडक्रसको आदर्श,  सिद्धान्त र मूल्य–मान्यताअनुसार सामूहिक नेतृत्वमा नेरेसो काठमाडौँलाई लैजान चाहन्छौँ । नवनिर्वाचित कार्यसमितिमा जिल्लाका अधिकांश उपशाखाको प्रतिनिधित्व भएको छ”।

त्यस्तै उहाँले भन्नुभयो, काठमाडौँ जिल्ला शाखाको निर्वाचन नेरेसोको कन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उदाहरण बन्न सक्ने । शाखाले पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारलाई सहजीकरण गरिरहेको छ । साथै सहरी विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवालगायत मानवीय सेवाका कार्यक्रम शाखाले  सञ्चालन गरिरहेको छ ।

टिप्पणिहरु
Loading...