Admission Open

रोयल फुटवयर इण्डष्ट्रिजको आयोजनामा अध्ययन, अवलोकन एवं व्यापार प्रवर्द्धन भ्रमण

काठमाडौं : रोयल फुटवयर इण्डष्ट्रिज प्रा.लि को  अध्ययन, अवलोकन एवं व्यापार प्रवर्द्धन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । रोयल सुजका लागि देशभर भएका बिक्रेताहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।

भ्रमणका क्रममा रोयल सुजको टोलीले थाइल्याण्डका विभिन्न शहरहरुको अवलोकन गरेको छ । प्रा.लि.का कार्यकारी अध्यक्ष भीम पौड्यालको नेतृत्वमा अगस्ट ४ देखि १० सम्म साताव्यापी भ्रमण कार्यक्रम आयोजना भएको हो ।

नेपालमा प्रा.लि.ले बिगत १३ वर्षदेखि रोयल सुज ब्राण्डका जुत्ता चप्पल उत्पादन गर्दै आइरहेको छ । स्कुल सुज, पार्टी सुज, स्पोर्टस् सुज, क्याजुअल सुज लगायतका करिब २ हजार मोडलका जुत्ताहरु प्रा.लि.ले उत्पादन गर्दै आइरहेको छ ।

उद्योगमा २ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । रोयल सुजको उद्योग काठमाडौंको पेप्सीकोलामा छ ।

टिप्पणिहरु
Loading...