Admission Open

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच छुट सम्झौता

काठमाडौं : प्रभु बैंक र लोकहित डेन्टल हस्पिटल प्रा.लि.बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टललद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

उक्त सम्झौतामा बैंकका डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र त्रिशुली लोकहित डेन्टलका अध्यक्ष डा.गणेश साहले हस्ताक्षर गरेका छन् ।

सुविधा लिन चाहने ग्राहकहरुले बैंकको डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा लोकहित डेन्टल हस्पिटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था गरिएको छ । यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

टिप्पणिहरु
Loading...