Admission Open

अनेसास कविता महोत्सवका लागि कविता आह्वान

काठमाडौँ, समाचारदाता : राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अनेसासले ‘कविता महोत्सव (२०२२)’ आयोजना गर्ने भएको छ । यो अनेसास कविता महोत्सवको दोस्रो संस्करण हो । आगामी सेप्टेम्वर २३ अर्थात् असोज ७ शुक्रवार कविता महोत्सव हुनेछ । महोत्सवमा सहभागी हुन चाहने प्रतियोगी सर्जकले सेप्टेम्वर ८ भित्र तोकिएको इमेलमा कविता पठाएर सहभागिता जनाउन सक्ने आयोजकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उल्लेख भए अनुसार विश्वका कुनै पनि मुलुकमा रहेर नेपाली भाषामा सिर्जनारत सर्जकले सहभागिता जनाउन सक्ने यस महोत्सवमा पुरस्कृत कविलाई नगदसहित सम्मान(पत्र समर्पण गरिनेछ । प्रतियोगितामा प्रथम हुने एकजना कविलाई अमेरिकी डलर ५ सय, द्वितीय हुने एकजना कविलाई ३ सय र तृतीय हुने ३ जना कविलाई २( २ सय नगद प्रदान गरिने आयोजकले जनाएका छन् ।

त्यसैगरी कविता पठाउने अन्तिम मितिः सेप्टेम्वर ८ , २०२२ र कविता पठाउने ईमेलः inls.poemcontest2022@gmail.com रहेको पनि आयोजकले जनाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...