Admission Open

एनसेलको ‘सही यो ! पावर सिम’ पुनः संचालनमा

[ इन्स्टाग्राम, माईफाइभलगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क ]

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माईफाइभलगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो ।

ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबार (साउन २३) बाट यो सिम लिन सक्नेछन् । । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अननेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् । यसका साथै युवाहरुको लागि विशेषगरि यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टपरुपमा निःशुल्क चलाउन सक्नेछन् ।

यति मात्र हैन यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिनसम्म माईफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन् । माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरि ती पाँच माईफाइभ नम्बरहरूमा प्रति मिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।

यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सीम सुचारु गरेको २ देखि ६ महिनाको अवधिभित्र रु ५० वा सोभन्दा बढि रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुनेछ । निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना संचालनमा रहनेछ । ग्राहकले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्छन् । र आफ्ना साथीभाइ तथा परिवारसँग पनि सुलभ दरमा धेरै भन्दा धेरै कुराकानी गर्न सक्छन् ।

यसै प्याकअन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङगामा म्यूजिक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क आनन्द लिन सक्नेछन् । यो सिम लिन ग्राहकलाई नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।

युवाहरुद्वारा निकै नै रुचाइएको ‘सही यो ! पावर सिम’ स्टार्टर प्याक विशेष र बन्डलिङसहित अझै धेरै सेवा सुविधाका साथ ल्याउन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । यो योजनाले युवा वर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...