Admission Open

सडक दुर्घटनामा एकको मृत्यु

पोखरा : मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा वडा नम्बर २५ मा पर्ने सडकखण्डमा दैनिकजसो दुर्घटना हुने गरेको छ । उक्त सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने गत आर्थिक वर्षमा मात्रै ९ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार उक्त सडकखण्डमा दैनिकजसो ५ र ६ वटा सानाठूला दुर्घटना भइरहेका छन् । सिधा र फराकिलो बाटोमा चालकले तीव्र गतिमा सवारी कुदाउने गर्दछन् ।

ट्राफिक प्रहरी प्रमुख प्रकाश शाहका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत हेमजा सडकखण्डमा सबैभन्दा बढी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको छ । दुर्घटना पर्नेमा सबैभन्दा बढी युवा अवस्थाका रहेको प्रमुख शाहले जानकारी दिए । दैनिकजसो दुर्घटना हुन थालेपछि अहिले ट्राफिक कार्यालयले नियमित सचेतना कार्यक्रम चलाउन थालेको छ ।

ट्राफिक कार्यालयले हेमजा सडकखण्डमा पुगेर सवारीको गति मापन यन्त्र ९राडार० प्रयोग गरी स्पिड मापन सुरु गरेको छ । कानुनतः बजार क्षेत्रमा ४० किलोमिटर प्रति घन्टा तोकेको छ । तर, अन्यत्रभन्दा फराकिलो र सिधा रहेको उक्त सडकखण्डमा भने न्यूनतम ८० देखि १२० किलोमिटर प्रति घन्टाको उच्च गतिमा कुदाइरहेको पाइएको कार्यालयले जनाएको छ ।

टिप्पणिहरु
Loading...