Admission Open

नेपालमा थप ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टी, ३ सय ७० संक्रमण मूक्त

काठमाडौँ, २० साउन : नेपालमा थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार ९४१ पीसीआर परीक्षणमा ४९४ र ३ हजार ५५० एन्टीजेन परीक्षणमा ३८३ जना संक्रमित फेला परेका छन् । २४ घण्टामा जम्मा ६ हजार ४९१ नमुना परीक्षण गरिएको थियो ।

२४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...