Admission Open

एसईई उतिर्ण विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, एक हजार जनाले निःशुल्क पढ्न पाउने

काठमाडौं : नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत एक हजार जना विद्यार्थीले नेपालका विभिन्न कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् ।

यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि इसेवा एप मार्फत आफुले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नु पर्नेछ । यसका लागि विद्यार्थीले रु १० तिरेर आवेदन दिन सक्नेछन् भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन् । यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ ।

कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एन्पिमा हेर्न सकिनेछ । विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन् । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

टिप्पणिहरु
Loading...