Admission Open

नेकपा एमालेले आज काठमाडौंमा महँगीविरुद्ध जनप्रदर्शन गर्ने

काठमाडौँ, १६ साउन : नेकपा एमालेले आज महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । सरकारले महँगी नियन्त्रणका लागि कुनै पनि ठोस पहल  नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो ।

जनप्रदर्शन आज दिउँसो २ बजे वसन्तपुरबाट  सुरू हुने एमालेले जनाएको छ । महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध  प्रदर्शन गर्ने एमालेले जनाएको छ । एमालेले उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई व्यापक बनाउन निर्देशन दिएको छ ।

जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन् । राजधानीको वसन्तपुरबाट शुरू हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिएका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...