Admission Open

सेयर बजारमा हरियाली : नेप्से ५४.५८ अंकले बढ्यो, ४ अर्ब ६० करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ५४ दशमलव ५८ अंकले बढेको छ । आज नेप्से ५४ दशमलव ५८ अंकले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको छ ।

आज दुई सय २० वटा कम्पनीका एक करोड १३ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६० करोड ९७ लाखको कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज बैंकिङ ४०, विकास बैंक ३१, होटल तथा पर्यटन ८०, जलविद्युत् २०, जीवन बीमा ४१२, उत्पादन ९८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३७४, अन्य ५२ र ब्यापार उपसमूह ७५ अंकले बढेको छ ।

कुल १२६ कम्पनीको मूल्य बढ्दा ५१ को घटेको छ भने ३ को स्थिर रहेको छ । आज एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको, आईएमई जनरल, प्रुडेन्सियलको मूल्य १० प्रतिशतले बढेको छ भने युनाइटेड इदी मर्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नेसनल लाइफ र स्टान्डर्ड चार्टड बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...