Admission Open

लुटपाट गरेको आरोपमा पक्राउ परे गायक ज्वाला राई

( भिडियो )

काठमाडौं : ‘द भ्वइस अफ नेपाल सिजन–३’ को टप फोर प्रतिष्पर्धी गायक ज्वाला राईले आफ्नो बिल्कुलै नयाँ  सांगीतिक सौगात ‘माया जाल’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा मिलन किराँतीको शब्द रहेको छ भने बिक्रम राईको संगीत रहेको छ।  देबेश राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। लुटपाटको घटनालाई आधार बनाएर तयार पारिएको म्युजिक भिडियोको कथामा गायक राई खलनायक चरित्रका रुपमा प्रस्तुत भएका छन्।

भिडियोमा मानषी तामाङ र गायक राई बिचको अन्स्क्रिन प्रेम र रोमान्स समेत प्रस्तुत गरिएको छ।  भिडियोमा फराज अर्पणको  डिओपी र बिशाल थापाको छायाँकन रहेको छ।  गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो गायक राईको युट्युव च्यानल ‘ज्वाला राई’ मार्फत सार्वजनिक भएको हो।  यसअघि गायक राईको स्वरमा ‘शितल शितल’, ‘दौरा भन्दा खल्ती लामो’, ‘तिमी फुल’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...