Admission Open

नेपालमा थप ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ३६० जनाको पीसीआर परीक्षण गर्दा ३०३ जनामा १ हजार ५२८ जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा ९५ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा ७८ हजार २२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ३ हजार १७७ जना सक्रिय सङ्क्रमित छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...