Admission Open

२०९ औँ भानुजयन्ती : सम्झना भानुको, सम्मान पूजाको


समाचारदाता : अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले शनिवार २०९ औँ भानुजयन्ती मनाएको छ । बोस्टनको एभरेट सहरको मट्टिखाना कक्षमा आयोजित साहित्यकारहरूको जमघटले भानुप्रति श्रद्धासुमन व्यक्त गर्नुका साथै साहित्यिक छलफल गरेको हो । कार्यक्रममा कवि लालगोपाल सुवेदीले भानुभक्तको बारेका चर्चा गरेका थिए ।

समाजसेवी प्रल्हाद केसीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अनेसासका नव निर्वाचित अध्यक्ष गोवर्द्धन पूजालाई सम्मान गरिएको थियो । प्रमुख अतिथि केसीसहित साहित्यकार सुरेश वाग्ले, यम पौडेल, दीपा राई पुनले फूलको गुच्छा, माला, खादा र नेपाली टोपी लगाई दिएर पूजाको सम्मान गरेका थिए । कार्यक्रम संयोजक यम पौडेलले पूजाको नेतृत्वमा अनेसासले अझ उचाई प्राप्त गरोस् भन्दै उनीप्रति समर्पित कविता वाचन गरेका थिए ।

बोस्टन निवासी नवनिर्वाचित अध्यक्ष पूजाले साहित्य सेवामा लाग्दा पाउने यस किसिमको सम्मानले काम र सिर्जनामा प्रेरणा मिल्ने बताउदै घरबाट सम्मानित हुनु भनेको जग बलियो हुनु हो भन्दै अनेसासलाई बोस्टनले सहयोग गर्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुनको नवीन कविताकृति ‘दियोको अन्तिम लप्का र शरदका पहेला पातहरू; को विमोचन र चर्चा पनि गरिएको थियो ।
अनेसासका केन्द्रीय सदस्य सरिता अर्याललाई पनि स्वागत गरिएको उक्त कार्यक्रममा महेश्वर पन्त, अनु शाह, शिव मिश्र,डा. माधव अकौलिया,  सुशील नेपाल, मनोज आचार्य, अनिल पौडेल, मुक्ति रावत, प्रेम पौडेल, रुक्मिणी कार्की, कृष्ण वास्तोला, अवि गजुरेल, करसाङ लामा, मिलन गुरूङ, विनोद मुक्याजु, हरि ढकाललगायतले छलफल कार्यक्रममा सहभागीता जनाएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...