Admission Open

ङादी ग्रुपले १ अर्ब ६ करोड बढीको हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं : ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले साउन १८ गतेदेखि हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ दशमलव ५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले हकप्रद सेयरको बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई जिम्मा दिइएको छ। जसअनुरुप आवेदकले सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकको विभिन्न शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...