Admission Open

नेपाल टेलिकमका सेवाहरु अझै सस्तो हुँदै : आजदेखि नयाँ दर लागू हुने

हेर्नुहोस् के के थपिए सुविधा

काठमाडौँ, ३२ असार : नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई भोलिदेखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो ।

कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर (Pay As You Go) अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएचलगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लोहियाले जानकारी दिएका छन् ।

त्यसैगरी भोलिदेखि समर अफर (Summer Offer) अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ, भने केही नयाँ अफरसमेत थप गरिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...