Admission Open

कुमुद दुगडलाई प्रबल जनसेवा श्री सम्मान

काठमाडौँ : के एल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्री’बाट सम्मानित भएका छन्।
निर्देशक दुगडलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन।
मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उद्योगी तथा समाजसेवी कुमुद दुगडलाई सो मानपदवी प्रदान गरिएको हो ।
उक्त सम्मान कार्यक्रम यही वैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा भएको थियो ।

सम्मानित दुगडले आफ्नो अग्रसरतामा कृषिलाई व्यवसायीकरण र औद्योगिकरण गर्ने तर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पु¥याउँदै आएका थिए । त्यसैगरी उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका थिए भने स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकासमा पनि दुगडले महत्वपूर्ण योगदान गरेका थिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...