Admission Open

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्से साढे ११ अंकले बढ्दा १ अर्ब ७० करोडको कारोबार

काठमाडौं : साताको पहिलो र दोस्रो कारोबार दिन उच्च अंकले घटेको सेयर बजारमा सामान्य सुधार आएको छ । आज सेयर बजार परिसूचक नेप्से ११ दशमलव ६८ अंकले बढेर एक हजार नौ सय २७ दशमलव २८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको सेयर सामान्य बढेको छ तर, आज कारोबार रकममा भने कमी आएको छ । आज दुई सय २६ वटा कम्पनीका ४९ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७० करोड ७७ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज बैंकिङ ४, विकास बैंक २६, फाइनान्स २०, होटल तथा पर्यटन ४१, जलविद्युत् ३०, जीवन बीमा ११, उत्पादन ६५, लघुवित्त १६, निर्जीवन बीमा ७४, अन्य ३ र व्यापार उपसमूह २६ अंकले घटेका छन् ।

सप्तकोसी विकास बैंकको मूल्य भने आज सबैभन्दा धेरै ९.३ प्रतिशतले बढेको छ । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ८.२, युनाइटेड इन्स्योरेन्सको पनि ६.९ प्रतिशतले बढेको बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...