काठमाडौं : लोट्टे इन्डिया कर्पोरेशन लिमिटेडले आफ्नो नयाँ उत्पादन नेपाली बजारमा सार्बजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि लोट्टे फ्रुटोपाई सार्बजनिक गरिएको हो ।
स्ट्रोबेरिको स्वादमा ६ पिसको प्याक साइजमा सार्बजनिक गरिएको लोट्टे फ्रुट्रोपाई शुक्रबारदेखि नै बजारमा उपलब्ध छ । उपभोक्ताको चाहना र रुचिलाई मध्यनजर गर्दै नयाँ उत्पादन नेपालमा ल्याइएको लोट्टे इन्डिया कर्पोरेशन लिमिटेडका इन्टरनेशनल बिजनेश म्यानेजर अरुण कुमार गुप्ताले बताए ।
आगामी दिनमा थप नयाँ उत्पादनहरु पनि बजारमा ल्याउदै जाने गुप्ताको भनाई छ । चाडै नै १२ पिसको प्याक साइजमा लोट्टे फ्रुट्रोपाइ उपलब्ध हुने जनाइएको छ । दक्षिण कोरियामा मुख्यालय रहेको सो कम्पनीले बिगत लामो समयदेखि नेपाली बजारमा आफ्नो उत्पादनहरु लोट्टे चोकोपाई तथा कन्फेक्सनरिहरु बिक्री बितरण गर्दै आइरहेको छ ।
नेपाली बजारमा लोट्टे इन्डिया कर्पोरेशन लिमिटेडका उत्पादनहरु माता भगवती डिस्ट्रिब्युटर प्रा.लि.ले आयात गर्दै आइरहेको छ ।