Admission Open

ad place

प्रशोधित पानी मात्रै पिउन अपिल

पोखरा : प्रशोधित पानी उद्योग व्यवसायी संघ कास्कीले प्रशोधित पानी मात्रै पिउन उपभोक्ताहरुमा अपिल गरेको छ । संघले विज्ञप्ति जारी गरी यस्तो अपिल गरेको हो ।

पछिल्लो समय वर्षायामले पानी प्रदुषित हुँदै गइरहेको र प्रदुषित पानीले विभिन्न रोगहरु निम्तने भएकाले प्रशोधित पानी पिउन अपिल गरिएको अध्यक्ष रवीन्द्रमोहन अधिकारीले जानकारी दिए ।

‘वर्तमान समयमा गर्मी मौसम बढ्दै जाँदा पानीको उपयोग तथा उपभोग बढ्दै जानु स्वभाविक हो भने अर्कौतिर वर्षायाम सुरु भैसकेकाले पानीमा कोलिफर्म इकोली आदि जीवाणुहरु देखिन थालेको छ । जसको कारणले झाडा पखाला, हैजा, रुघाखोकी,जण्डिस् जस्ता घातक रोगहरुको प्रकोप बढ्दै गइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले आम जनमानसलाई दूषित पानीको प्रयोग नगरी प्रशोधित स्वस्थकर पानी प्रयोग गर्नु हुन हार्दिक अपिल गरिन्छ । यसै सन्दर्भमा प्रशोधित पानी उद्योग व्यवसायी संघ, कास्कीले प्रशोधित पानीमा क्यु आर कोड स्टिकरको व्यवस्था गरेको छ । पानीका जार र वोटलका कार्टुनमा लगाइने यस्ता स्टिकर प्रयोग गरिएका जार र कार्टुनको मात्र प्रयोग गरेर स्वस्थकर पिउने पानी उपभोग गर्नुहुन सबै उपभोक्तामा हार्दिक अनुरोध गरिन्छ । अन्यथा केही भएमा त्यसका प्रति संघ जवाफदेही नहुने व्यहोरासमेत सबैमा जानकारीका लागि अनुरोध गर्दछौं ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...