Admission Open

भालेको डाकमा पोका पन्तुरा कसेर हिंडौ जस्तो लाग्छ : डा. घिमिरे (सुनसरी जिल्ला अस्पताल इनरुवा)

तपाईंहरु आएर हेर्नुहोस् न । तलबमा असमानता छ कि छैन ? ड्यूटीमा कर्मचारी समयमै आउँछन कि आउदैनन् ? साथै अहिले ७ जना विभिन्न विभागका विशेषज्ञ डाक्टहरु थपिएका छन् । चौविसै घण्टा एमरजेन्सी सेवा सञ्चालित छ । तपाईं विरामी भएर यहाँ आउनु भयो भने विशेषज्ञ डाक्टरले तुरुन्तै सेवा दिन तत्पर हुन्छन् । यहाँ काउण्टरमा जम्मा भएको पैसा बेलुका हिसाव गरेर जम्मा गरिन्छ । अहिले खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गरिएको छ ।

डा. देवराज घिमिरे सुनसरी जिल्ला अस्पताल इनरुवा आएको करिव ५ महिना पुग्न लाग्यो । समस्याग्रस्त जिल्ला अस्पतालले विरामीको सेवा गर्नुपर्नेमा आफैं घातक रोगले ग्रस्त बनाए जस्तो छ । यस जिल्ला अस्पतालमा नेपाल सरकारबाट ५० शैया स्वीकृत भएपनि हाल १५ शैया पूर्वाधारसहित सञ्चालनमा छ । तर, यो अस्पताल पूरानो भएर पनि पहिल्यैदेखि रेफर सेन्टरमा परिणत भएको कुरा कुनै नौलो होइन । सामान्य चोटपटक लागेका विरामीलाई (ड्रेसिङ) मल्हम पट्टी बाहेक अन्य सुविधा केही पनि थिएन । अस्पताल सञ्चालक समितिमा रहेका सीमित समुदायका व्यक्तिले आफ्नो स्वार्थ सिद्ध हुने मे।सु। (मेडिकल सुपरिटेण्डेन्ट) ल्याउने र फ्याँक्ने काम गर्दै आएको थियो । अस्पतालका सुधारका प्रयास, विकृति, विसङ्गति र प्रगतिका बारेमा जिल्ला अस्पतालका इनरुवाका मे.सु डा. देवराज घिमिरेसँग नेपालीमाला अनलाईनका बरिष्ठ सम्वाददाता दीपक निरौलाले गरेको कुराकानीको सारः

इनरुवा अस्पतालको हाल खबर के छ ?

बाहिरबाट हेर्दा चिटिक्क परेका विल्डिङ, फूलबारी पार्किङस्थल र भौतिक पूर्वाधारले सम्पन्न देखिन्छ । तर, यसको भित्री गहिराईको कथा व्यथा भने घातक दीर्घ रोगले थलिएको विरामी र अस्पतालमा केही फरक छैन ।

यसको प्रमुख कारणचाहिं के होला ?

आजभन्दा करिव २० वर्ष पहिले यस अस्पतालमा इनरुवाकै एउटा समूह सञ्चालक समितिमा छिरेको रहेछ । उक्त समूहले यो अवधिमा एकछत्र रजाईं ग¥यो । त्यसमा आफू अनुकुलका डाक्टर ल्याउने , कर्मचारी भर्ना गर्ने लगायतका काम ग¥यो । अस्पतालमा आएका सुविधा आफ्नो पोल्टामा हाल्ने अनि गरिव विरामीलाई महंगा अस्पतालमा रेफर गराएर गरिव जनताको खुन पसिना चुसेर आफू रमाउने कार्यमा उद्यत समूह । पालो फेरीफेरी दुवै हातले बाक्लो दुधको छाली स्वाद मारीमारी खायो ।

यति साह्रो त होइन होला ?

तपाईंलाई म यथेष्ठ प्रमाण दिन्छु । म आएको करिव ५ महिना पूरा हुनै लाग्यो । यहाँ भएका विकृतिका बारेमा मैले सबै पुराना फायल पल्टाएको छु । यहाँका रैथाने कर्मचारीका नाडि छामेको छु । उनिहरुको बानी बेहोराप्रति जानकार भै सकेको छु । एउटै समूदायका २६ जना सम्म आफन्त यस अस्पतालमा करारमा कर्मचारी थिए । के यो प्राइभेट लिमिटेड हो रु कार्यलय सहायोगी पदमा एकै दिन नियुक्त भएका कर्मचारीको १३ हजार ५ सय र अर्को कर्मचारीको ८ हजार मात्र तलब निर्धारण गरिएको रहेछ । सञ्चालक समितिसँग जातभात नमिलेका कारण यस्तो विभेदकारी कार्य इनरुवा अस्पतालमा थियो । केही महिना आगडिसम्म ।

अरु के के विकृति रहेछन् ?

एउटा सीएमए गरेको प्राविधिकको तलव १४ हजार अनि कार्यालय सहयोगीको तलव १५ हजार । यसैबाट तपाईंहरु अनुमान लगाउनुस् विकृतिको चाङले चुलिएको हो कि होइन ? अर्को कुरा गरिव जनताले विरामी जाँचका लागि काउण्टरमा तिरेको पैसा अस्पतालको कोषमा जम्मा नभएर व्यक्तिको खल्तीमा जम्मा हुने गरेको थियो । अनि सफ्टवेयरमा जिरो विलिङ भनेर इन्ट्री भएको मैले भेटें । उसलाई सोधपुछ गर्दा अकमकियो । अनि मैले बुझिहाले यो पनि आशिर्वादकै करामत हो भनेर । भोलिपल्टै उसको जागिर चट भयो । बुझ्दै जाँदा उक्त रकम हप्तावारी र महिनावारीको रूपमा जागिर दाताको घरमा पुग्दो रहेछ । बाहिरबाट औषधि किनेर ल्यायो अनि विल काउण्टरमा देखाएर मेडिकलवालालाई पैसा दिने चलन पनि रहेछ । यसै आ।व। यसरी औषधिमा गरिएको घोटलाको बेरुजु ५ लाख रहको छ । यो भन्दा अघि कति भए होलान् ? यतिमात्र नभएर अस्पतालमा आएको पैसाले बेलाबेलामा धुम्रपान तथा मध्यपान अनि दशैंतिहारमा रमाईलो गर्ने परम्परा बसेको रहेछ ।

भनेपछि धेरैको जागिर चट पारेर बेरोजगार बनाउनु भयो ?

सिस्टम अनुसार चल्नेको ठीक छ । यदि चलेन भने म छाड्नेवाला छैन । समयमा कार्यालय नआउने, कार्यालय समयमा मद्यपान गरेर आउने, डाक्टरको दरवन्दी लिएर अन्यत्र कामगर्न जाने , सीएमए पढेकालाई विरामी हेर्न लगाएर आफू मोजमस्तीमा जानेका दिन अव गए ।

अनि तपाईंले कहिले काहीँ त भालेको डाकमै पोका पन्तुरा बोकेर यहाँबाट टाप कसौँ जस्तो लाग्छ भन्नु भा’को अर्थ बुझिएन नि ?

यो अस्पतालमा देखिएका विकृतिका बारेमा तपाईंहरुलाई म सिलसिलेवार रूपमै बताउँदै जानेछु । कहिलेकाहिं अतिनै धेरै तनाव हुन्छ । दवाव आउँछ । त्यसकारण भनेको हो । तर म नेपाल सरकारको नीति नियम अनुसार चल्ने मान्छे हुँ । खुट्टा कमाएर हिंड्नेवाला छैन । जल्पापुरको गरिव मुसलमान समुदायको व्यक्ति, हरिनगरको गरिव समुदायको मेहेतार डुम्राहाको गरिव चौधरी, बलाहाको गरिव ब्राह्मण अनि चाँदवेलाको गरिव मुसहरले इनरुवा अस्पतालमा विषेशज्ञ डाक्टरको सुविधा लिन नहुने ? के विषेशज्ञ डाक्टर चाहिं धनिका लागि मात्र उत्पादन भएका हुन ?

अनि सुधारका काम हुन थाले त अब इनरुवा अस्पतालमा ?

तपाईंहरु आएर हेर्नुहोस् न । तलबमा असमानता छ कि छैन ? ड्यूटीमा कर्मचारी समयमै आउँछन कि आउदैनन् ? साथै अहिले ७ जना विभिन्न विभागका विशेषज्ञ डाक्टहरु थपिएका छन् । चौविसै घण्टा एमरजेन्सी सेवा सञ्चालित छ । तपाईं विरामी भएर यहाँ आउनु भयो भने विशेषज्ञ डाक्टरले तुरुन्तै सेवा दिन तत्पर हुन्छन् । यहाँ काउण्टरमा जम्मा भएको पैसा बेलुका हिसाव गरेर जम्मा गरिन्छ । अहिले खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गरिएको छ । यसमा योग्यता र क्षमताको आधारमा दक्ष र योग्य कर्मचारी छन् । यदि कसैले नियम अनुसार काम गरेन भने उm तुरुन्तै सजायको भागिदार हुन्छ । उसलाई कारवाही गर्न कुनै आइतवार कुरिदैन ।

अन्त्यमा के भन्नु हुन्छ ?

हामी आफूलाई लोकतन्त्रवादी, उदारवादी भन्ने अनि गरिव जनताको भ¥याङ चढेर माथि पुग्ने । अनि तिनै गरिव जनताको पेटमा छुरा हानेर निःशुल्क तथा शुल्कसहित सहज पाउने सुविधाबाट बञ्चित गर्न अब हामी कसैलाई पनि छुट छैन । म यहाँको रैथाने हुँ, मैले जे गरेपनि हुन्छ भन्ने दिनको अन्त्य हुन्छ । जनतालाई हामी लाईभमार्फत विकृति र विसंगतिका बारेमा छर्लङ्ग पार्छौँ । इनरुवा अस्पताल ध्वस्त पार्नेको नाम ठेगाना समेत सार्वजनिका गर्न म खुट्टा कमाउदिन । अहिलेको प्रतिपक्ष भनेको पार्टी होइन सामाजिक सञ्जाल हो भन्ने कुरा हेक्का राख्न म आग्रह गर्दछु । यस इनरुवा जिल्ला अस्पतालमा म जागिर खान आएको जागिरदार डाक्टर हुँ । मैले पनि दुनो सोझ्याएर लाभ लिएर हिंड्दा हुन्छ तर म यहाँका गरिव जनताका दुःखाईको घाउ कमगर्न, घातक रोगबाट मुक्ति दिलाउन आएको हुँ । म पनि गरिव परिवारमै जन्मि हुर्की गरेको व्यक्ति हुँ । गरिवीको पीडा र अभावको बारेमा राम्रै जानकार छु । म एउटा फराकिलो दिल लिएर आएको यात्रु हुँ । यहाँका हजारौं सेवाग्राहीका दिलमा बसेर जाने मेरो धोको छ ।
अन्त्यमा यो अस्पतालमा देखिएका विकृति विसङ्गतिका बारेमा सर्वसाधारणसम्म पु¥याउन सहयोग गर्नु भएकोमा तपाईँ र नेपाली माला टिमलाई हार्दिक धन्यवाद साथै शुभकामना !

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...