Admission Open

ad place

पोखरामा ‘बेबी फेशन शो’ हुने

पोखरा : बच्चाको हरेक प्रकारका सामानहरुको स्टोर ‘बेबील्याण्ड ‘ नेपालको पहिलो बेबी ब्राण्ड ट्रेडमार्क रजिष्टर्ड कम्पनी हो । पोखरामा २०५१ साल बैशाख ५ गते स्थापना भएको यस बेबील्याण्डको हाल चिप्लेढुंगा तथा न्यूरोड पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बालाजु काठमांडौमा बेबील्याण्डमल अनलाईन संचालनमा रहेको छ ।

‘बच्चाहरुको खुशीनै परिवारको खुशी’ भन्ने नारा र नेपालको व्यावसायिक क्षेत्रमा केहि नयाँपन दिनुपर्छ र कुनैपनि काम नयाँ होइन नयाँढंगले गर्नुपर्छ भन्ने सोंचका साथ शुरुवात गरिएको यस बेबील्याण्डले यही असार २४ गते शुक्रबार ‘बेबी फेशन शो’ आयोजना गर्ने भएको छ । निर्दोष बालापन, आफैंमा मुस्कुराहट सहित खुशी हुन सक्ने क्षमता, लजालु स्वभावका बालबालिकाहरु भित्र लुकेको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले फेशन शो आयोजना गर्न लागिएको बताइएको छ ।

बेबील्याण्डको पोखरा स्थित न्यूरोड स्टोरमा आयोजना गरीने यस फेशन शो मा ६ महिना देखि २ बर्ष, २ बर्ष देखि ५ बर्ष र ५ बर्ष देखि ८ बर्ष उमेर समुह बीच प्रतिश्पर्धा हुनेछ । फेशन शो हुनु पुर्व आषाढ २२ गते सम्म अडिसन गरीने र उक्त अडिसन बाट प्रत्येक उमेर समुह बाट १०/१० जना प्रतियोगी छानिने बेबील्याण्डका फाउण्डर प्रदिप बज्राचार्यले जानकारी दिए ।

सबै उमेर समुह मध्येको प्रत्येक समुह बाट १ /१ जना बिजयी घोषणा गरी बिजयीलाई ५ हजार रुपैयाँ बराबरको शपिङ भौचर पुरस्कार प्रदान गरीने बताइएको छ ।

जन्मेदेखि १२ बर्ष सम्मका बच्चाहरुको फेसनेबल लुगा, जुत्ता, खेलौना, साईकल, ट्राईसाईकल, वाकर, बेड, झुलुंगा, स्ट्रोलर, ईलेक्ट्रीकल कार, जिप, बाईक लगायत सम्पुर्ण सामानको कलेक्शन रहेको बेबील्याण्डले आयोजना गरेकोे ‘बेबी फेशन शो’ मा आफनो बच्चाहरुलाई सहभागी गराउन बेबील्याण्डले आग्रह गरेको छ ।

टिप्पणिहरु
Loading...