Admission Open

ad place

खाना पकाउने ग्यासमा दुई थरी मूल्य तोक्ने तयारी

[ घरायसी प्रयोजनमा सहुलियत दिइने, यस्तो व्यवस्था चाँडै गर्ने  सरकारको तयारी ]

काठमाडौं : सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । यस्तो व्यवस्था चाँडै गर्ने  सरकारको तयारी छ ।

नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रंग फेर्ने तयारि भएको बताए ।

‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढे पनि तत्काल नेपालमा भने मूल्य बढाउने तयारी नरहेको उनले बताए ।

१० बर्षअघि २०६८ मा पनि खाना पकाउने एलपी ग्याँस ब्यापारिक र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै ब्यवस्था गर्न खोज्दा लागू हुन सकेको थिएन । आयल निगमले फेरि यही मोडलमा घरासयी प्रयोजनमा सहुलियत दिन खोजे पनि लागू गर्न भने निकै कठिन देखिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...