Admission Open

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई द क्लिफमा छुट

कुश्मा : नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रा.लि.ले आफ्ना ग्राहकलाई सहुलियत दिन प्रभु बैंकसंग साझेदारी गरेको छ ।

साझेदारीसंगै प्रभु बैंकका कर्मचारी र ग्राहकले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङलगायत एड्भेन्चर गतिविधि गर्दा १० प्रतिशत नगद छुट प्राप्त गर्नेछन् ।

प्रभु बैंकको मोबाइल एप, डेबिट क्रेडिट कार्डमार्फत भुक्तानी गरि छुट प्राप्त गर्न सकिने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए ।

ग्राहकलाई छुट दिने साझेदारीमा प्रभु बैंकको मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति सेरचन र द क्लिफका प्रमुख कार्यकारी अधिकृत इश्वध्वज कार्कीले हस्ताक्षर गरेका छन् ।

आफ्ना ग्राहकलाई मुलुककै ट्रेन्डिङ एड्भेन्चर हबमा छुट दिलाउन पाउँदा खुसी लागेको प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए । द क्लिफको रिसोर्ट तथा एड्भेन्चर परियोजना निर्माणको समयमा समेत प्रभु बैंकले ऋण लगानी गरेको थियोे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...