Admission Open

बौलाको डायरी माथि परिचर्चा


समाचारदाता बोस्टन, अमेरिका : महेश्वर पन्तको उपन्यास बौलाको डायरी माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको छ ।

अमेरिकाको बोस्टनमा आयोजित कार्यक्रममा कृतिका बारेमा नारायण श्रेष्ठ, हरि काफ्ले , गोवर्द्धन पूजा, थानिरत्न कडेल,, अनु शाहा, माधव उप्रेती, प्रकाश खड्कालगायतले मन्तव्य राखे ।

अनेसास बोस्टन च्याप्टरका उपाध्यक्ष सुशील नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा लव अधिकारी, सुरेश ढकाल, विनोद उप्रेती, प्रकाश खनाल, राधाकृष्ण पन्त, सरिता ढकाललगायतको सहभागिता रहेको थियो ।

उपन्यासकार पन्तले बौलाको डायरीको सिर्जनाको कथा प्रस्तुत गरेक‍ो उक्त कार्यक्रमको आयोजना अनेसास बोस्टन च्याप्टर र कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानले आयोजना गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...