रोम : इटालीमा हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई यात्रु हराइरहेका छन् । उक्त हेलिकोप्टर टुस्कानीको लुक्काबाट उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।
हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार रहेको जनाईएको छ। उक्त हेलिकोप्टर दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।