Admission Open

नेपाल टेलिकमको डाटा एण्ड भ्वाइस प्याक सवुिधाहरु अब नमस्ते पे एपबाट

काठमाडौं : नमस्ने पे प्रयोगकर्ताहरुले अब नमस्ते पे वालेट ब्यालेन्समार्फ नेपाल टेलिकमले उपलब्ध गराएको डाटा एण्ड भ्वाइस प्याकहरु अन्तर्गत उपलब्ध सबै प्याकेजहरु खरिद गर्न सक्ने भएका छन् ।

नमस्ते पे प्रयोगकर्ताहरुले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरुमा आकर्षक अफरको लाभ लिन सक्नेछन् ।एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्तरुपमा प्रवद्र्धित भुक्तनी सेवा प्रदायक संस्था हो ।

नमस्ते पे अन्तर्गत इन्टरनेत र स्मार्ट फोन आवश्यक नपर्ने गरी युएसएसडी मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एपमार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

सो प्रयासमा स्मार्ट क्युआरसंग गरिएको सेवाको शुरुवात एक महत्वपूर्ण कोसेढुंगा सावित हुने एनडीपीसीको विश्वास रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...