Admission Open

झण्डै तीन महिनापछि भारतमा भेटिए बढी कोरोना संक्रमित

काठमाडौं : छिमेकी मुलुक भारतमा पछिल्लो ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् ।

२४ घण्टामा त्यहाँ ४ हजार २५७ कोरोना संक्रमित पुष्टि भएका छन् । यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए ।

यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको थियो । जुन २ मा ४ हजार ४१ जनालाई कोभिड देखिएको थियो ।भारतमा शनिबार १५ जना कोरोना संक्रमितको मृत्यु भएका थिए भने २ हजार ६१२ संक्रमित निको भएका छन् ।

हालसम्म भारतमा ४ करोड ३१ लाख संक्रमित भइसकेका छन् । यीमध्ये ४ करोड २६ लाख संक्रमित निको हुँदा ५ लाख २४ हजार मानिसले ज्यान गुमाएका छन् । अहिले उपचाररत संक्रमितको संख्या २२ हजार ६९१ रहेको छ ।

भारतको केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँ कोरोना पोजिटीभिटी दर ९।८७ भेटिएको छ । यो भनेको शनिबार १०० जनाको कोरोना परीक्षण गर्दा १० जना संक्रमित भएका हुन् ।(एजेन्सी)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...