Organ Donation

Organ Donation

Mangalam Pipes

काठमाडौँदेखि भोटेचौरसम्मको एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भब्य रुपमा सम्पन्न

काठमाडौँ : टिभिएस मोटर कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौँदेखि भोटेचौरसम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भब्यरुपमा सम्पन्न गरेको छ ।

गत जेष्ठ १४ गते शनिबार आयोजना भएको उक्त राइड काठमाडौँको महालक्ष्मीस्थान स्थित टिभिएसको युनिराइड शोरुमबाट शुरु भएर बालकुमारी , तिनकुने एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो । उक्त राइडमा सहभागीहरु बीच एकतामुलक विभिन्न गेम हरु खेलाइएको थियो (उनीहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो ।

राइडमा टिभिएस एनटर्कका ७० जना राइडरहरु का साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग को उपस्थिति थियो साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी , प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकारहरु उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागीता रहेको जगदम्बा मोटर्सको मार्केटिंग नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले जानकारी दिनुभयो। टिभिएस एनटर्कका राइडरहरुबीच आत्मियता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताए ।

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्ष्याको जानकारीका साथै राइडर ले अपनाउनुपर्ने नियम र सुरक्ष्याको जानकारी प्राबिधिक टिमले दिएको थियो । नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्रीलार्इ निरन्तरता दिँदै यो रार्इड आयोजना गरिएको हो ।

रार्इडमा सहभागीहरुबीच विभिन्न विधाका मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । उक्त खेलमा विजयी हुने विजेताहरुलाई आकर्षक पुरस्कारहरु पनि प्रदान गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...