Admission Open

काठमाडौंको भृकुटीमण्डपमा एमालेकाे चुनावी सभा आज, पार्टी अध्यक्ष केपी ओलीले सम्बाेधन गर्ने

काठमाडाैंः वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । निर्वाचनकाे माैन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयाेजना गर्ने भएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीकाे आयाेजनामा दिउँसाे २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम छ ।

एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा-वडादेखि जुलुस/र्‍याली आउने र सभा स्थलमा भेला हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...