Admission Open

ad place

महादेव मूर्ति निर्माण अभियानलाई सिटिजन फर्निचरबाट ११ लाख सहयोग

पोखरा : सिटिजन फर्निचर एण्ड ट्रेड लिंक प्रालि पोखरा र भैरव ग्रुपले विशाल महादेवको मूर्ति निर्माण तथा धार्मिक पर्यटन प्रवद्र्धन अभियानमा साथ दिएको छ ।

पुम्दीकोट कोट विकास समितिद्वारा पोखराको पुम्दीकोटमा आयोजित शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सवमा प्रालिले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

पवित्र उद्देश्यसहित आयोजित महापुराणमा सहयोग गर्न पाउँदा खुसी लागेको प्रालिका सञ्चालक दीपक कार्कीले बताए ।

वैशाख ४ गते सुरु भएको महापुराण वैशाख १२ गतेसम्म जारी रहने समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । भागबत भाष्कर कमलनयन गौतमले पुराण वाचन गरिरहेका छन् ।

टिप्पणिहरु
Loading...